दफा १४
निजी सचिवालय सम्बन्धी व्यवस्था

(१) राष्ट्रपति र उपराष्ट्रपतिको निजी सचिवालयको लागि अनुसूची–३ बमोजिमका कर्मचारीहरू रहनेछन् ।
(२) उपदफा (१) बमोजिमको निजी सचिवालयमा काम गर्ने कर्मचारीले नेपाल सरकारले तोके बमोजिमको पारिश्रमिक तथा सुविधा पाउनेछन् ।
(३) यो ऐन प्रारम्भ हुँदाका बखत राष्ट्रपति र उपराष्ट्रपतिको निजी सचिवालयमा नियुक्त भई कार्यरत कर्मचारीहरू यसै ऐन बमोजिम नियुक्त भएको मानिनेछ ।
(४) राष्ट्रपति र उपराष्ट्रपतिको निजी सचिवालयको लागि आवश्यक पर्ने फर्निचर तथा अन्य भौतिक स्रोत र साधनको व्यवस्था नेपाल सरकारले गर्नेछ ।